काठमाडौंको मनमैजुमा रातिराती काण्ड गर्ने दुईजना पक्राउ

काठमाडौँ l काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३-०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका–१ घर भई लामबगर बस्दै आएको वर्ष २२ को बुद्धि बहादुर तामाङ रहेका महाशाखाले जनाएको छ।

उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका-८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए।

मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ।

More News last news
Loading...