एमाले सांसदको नाराबाजीकै बीच सभामुखले कार्यसूची प्रवेश गराए 

काठमाडौंं l प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । तर, एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडि बढाएका छन् ।

बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।

Advertisement

सांसद सुवालले प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजी चलिरहेका बेला बैठक अगाडि नबढाउन र बैठकलाई स्थगित गरेर एमाले सांसदलाई सहमतिमा ल्याउन सुझाव दिए।

साथै उनले एमसीसी राष्ट्रहितविपरीत रहेकाले यसलाई पारित गर्ने कार्य गर्न नहुने बताए।

More News last news
Loading...