खस-आर्यतर्फको सहमहामन्त्रीमा पनि देउवा समूहका राठौर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट किशोरसिंह राठौर सहमहामन्त्री निर्वाचित भएका छन्।

शुक्रबार सकिएको मतगणनामा खस–आर्यतर्फको सहमहामन्त्रीमा राठौरले देवराज चालिसेलाई पराजित गरेका हुन्।

Advertisement

सभापति शेरबहादुर देउवा समूहका राठौरले २५७६ मत पाउँदा शेखर कोइराला समूहका चालिसेले २०५९ मत पाए।

अब थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको मतपरिणाम आउन बाँकी छ।

यसअघि मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन्।

More News last news
Loading...