काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेको छ। आठमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ।
अहिले मतगणना भइरहेको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि छन्।
प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शेरबहादुर देउवा समूहका जीवनबहादुर शाहीलाई पछि पारेका छन्।
११३ गणना गर्दा बद्री पाण्डेले ६४ र शाहीले ४७ मत पाएका छन्। कुनै समूहमा नरहेका चेतराज बरालले २ मत ल्याएका छन्।
आज थारू, मधेसी, मुस्लिम र खसरआर्यतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
