देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

Advertisement

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ। संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ।

हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा केही दिनअघि मात्रै दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाएका थिए भने उनका प्रतिस्पर्धी शेखर कोइरालाको पक्षमा १८५५ म खसेको थियो । ३५ मत बदर भएको थियो ।

यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

More News last news
Loading...