काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्।
अहिलेसम्मको मत परिणाममा दुई युवा उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्। २५२० मत गणनामा गगनले १६४८ मत पाएका छन्।
दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १०१९ मत पाएका छन्। यस्तै प्रकाशशरण महतले ८२७ मत पाएका छन्।
उनीहरूबीचको अन्तर १९२ मतको छ। यो भनेको विश्वप्रकाशले प्रकाशशरणले भन्दा २३ प्रतिशत मत धेरै ल्याएका छन्। प्रदीप पौडेलले ७४६ मतसहित उनलाई पछ्याइरहेका छन्।
यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। रिजालले ४३६ मत पाउँदा कार्कीले ६४ मत पाएका छन्।
यस्तो छ महामन्त्रीको ताजा मत परिणामः
गगन कुमार थापा १६४८
विश्व प्रकाश शर्मा १०१९
प्रकाश शरण महत ८२७
प्रदिप पौडेल ७४६
मिनेन्द्र रिजाल ४३६
राजाराम कार्की ६४
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
