काठमाडौं l रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीका प्रत्यासी समेत रहेका मीनेन्द्र रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिने घोषणा गरेका हुन्।
उनले प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको जनाएका छन् ।
महामन्त्री पदको अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले उल्लेख गरेका छन् ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा.प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए।
कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । पछिल्लो समयको मतगणना अनुसार रिजाल चौँथो स्थानमा परेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
