काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता झन् बढाएका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।
तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा रहेका छन् ।
१८९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १२९४ मत पाएका छन् भने विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । प्रकाशशरण महतले ६२०, प्रदीप पौडेलले ६६८ र मिनेन्द्र रिजालले ३२९ मत पाएका छन्।
अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका डाक्टर राजाराम कार्कीले भने ५८ मत मात्रै पाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
