उपसभापतिमा फेरि खड्काको अग्रता, पछि परे धनराज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ।

२८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछि परेका छन्। कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ।

Advertisement

पूर्णबहादुर खड्काले १३२१ मत पाउँदा धनराज गुरुङले १२६७ र विजयकुमार गच्छदारल १२१३ मत पाएका छन् । चन्द्र भण्डारीले १११५ मत पाएका छन्।

अग्रता लिएपछि सानेपा पुगे गुरुङ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका थिए। अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा गुरुङ अग्र स्थनमा रहेका थिए ।

More News last news
Loading...