सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस्ः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन्।

१४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताए।

Advertisement

उनले भने, ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला। उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो।’

अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने उनले बताए। उनले भने, ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन्।

यस्तै, उनले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाब दिए । उनले भने, ‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं।

अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन। यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ।’

More News last news
Loading...