काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ। मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ। चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।
मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने
कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो ।
कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ । मतदान सकिएसँगै प्राविधिक विषय मिलाएपछि मतगणना आजै सुरु गर्ने तयारी छ ।
यसअघि निर्वाचन समितिले १० बजेपछि मतगणना थाल्ने जनाएको थियो । तर मतदान ढिला गरि सकिएकाले गणना सुरु गर्न केही ढिलाइ हुने देखिएको छ । मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दाबी गरे ।
१ सय १७ कांग्रेस मतदाता गयल
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ। मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।
चार हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने ४६७९ मत खसेको थियो। यस हिसाबमा सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
