काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ।
नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ।
निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले सबैभन्दा धेरै २ हजार ४६ मत प्राप्त गरेका छन् ।
यसैगरी, संस्थापन इतर पक्षबाट शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् भने प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् ।
कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
