काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानमा सभापति पदका लागि ४,२०० मत खसेको छ।
साँझ साढे ८ बजेसम्म सभापतिमा ४,२०० मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले नयाँपुस्तालाई बताए। उनका अनुसार, सभापतिबाहेक अन्य पदमा ३५०० मत खसेको हो ।
निर्वाचन समितिले ९ बजेसम्म मतदानको समय तोकेको भएपनि त्यस अवधिमा नसकिने भएपछि मतदानको समय १० बजेसम्म थपिएको श्रेष्ठले बताए।
यद्यपी, मतदान गर्न बाँकी रहेका प्रतिनिधिहरु मतदान परिसरमा प्रवेश गरिसकेको समेत उनले जानकारी दिए।
मतदान सकिएपछि मतगणना गर्ने भनिएतापनि हालसम्म कतिबजेबाट मतगणना शुरु गर्ने भन्ने बिषयमा निर्णय भईसकेको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
