सन्दीप लामिछाने सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित भएको छ।

यद्यपि, बुधबार भएको अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट–बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा सन्दीपले एक विकेट लिए।

Advertisement

आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो। यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे।

लन्चेस्टनस्थित औरोरा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको हुरिकेन्सविरुद्ध सिड्नीले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सोही क्रममा आफ्नो पूरा चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर एक विकेट मात्र लिए।

सिड्नीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका ड्यान क्रिस्चियनलाई सन्दीपले जोर्डन कक्सको हातबाट ब्याच आउट गराएका थिए। ड्यानले १० बलमा पाँच रन जोडेका थिए।

दोस्रो इनिङमा सन्दीपको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्र बनाउँदा उनले ब्याटिङको मौका पाएनन्। सन्दीपको हुरिकेन्सले आगामी खेलमा शनिबार सिड्नीसँगै खेल्ने छ।

More News last news
Loading...