काठमाडौँ । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो ।
पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले। योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७९ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाउँदै उनलाई राम्रो साथ दिए। ५२ बलको पारीमा आजमले पनि ६ चौका र २ छक्का हिर्काएका थिए ।
दुवै ब्याट्सम्यान सामु भारतका सबै बलर निरीह देखिए । खेल सकिन १३ बल अघि नै पाकिस्तानले लक्ष्य सफलता पूर्वक पछ्याउन सफल रह्यो। यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।
कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए। भारतले खेलमा निकै शुरुवात भने निकै खराब गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो ।
सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए। त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए ।
१९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
