मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

सुर्खेत । मुगुमा बस दुर्घटना ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो।

Advertisement

घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ। नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन्।

मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ। उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

More News last news
Loading...