मुगुमा बस दुर्घटना, दशैँ मनाउन घर हिँडेका २३ जनाको ज्यान गयो

सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा दशैँ मनाउन घर हिँडेका २३ जनाको ज्यान गएको छ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको र १० जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

Advertisement

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो। ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो। २३ जनाको लास भयो । धेरै घाइते छन्। घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए।

अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन्।

More News last news
Loading...