काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन्।
तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन्। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।
तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३१७ जना आईसीयूम र ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १२५, कास्कीमा १०९, ललितपुरमा ५७, झापमा ४१, चितवनमा २९, भक्तपुरमा २५, सुनसरीमा २३, रुपन्देहीमा २२, स्याङ्जामा २१, दाङ र मोरङमा १६/१६, कैलालीमा १२, बाँकेमा ११, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
