काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
यस लगत्तै पनि सिन्धुपाल्चोक नै केन्द्र बिन्दू बनाएर ८ :१३ बजे ४.१ रेक्टर स्केलको भूकम्प भूकम्प गएको छ । यी दुवै कम्पन्न गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।
यसअघि असोज १५ गते (शुक्रबार) पनि सिन्धुपाल्चोक केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियो । शुक्रबार ४.२ रेक्टर स्केलको पराकम्प गएको थियो । नेपालमा पछिल्लो समय दैनिकजसो साना ठुला भूकम्प र पराकम्प आउने क्रम जारी छ ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
