नेपालमा थप १ हजार ६६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन्।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन्। जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २६६, कास्कीमा ८४, मोरङमा ७६, ललितपुरमा ६२, झापामा ५७, सोलुखुम्बुमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै रुपन्देहीमा ४४, सुनसरीमा ३५, चितवनमा ३२, भक्तपुरमा ३१, दाङमा १३ र काभ्रेपलाञ्चोकमा १२ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...