काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुचि रहेको छ।
संसद सचिवालयले बुधबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने जनाएको हो।
यस्तै बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण भएको पत्र पनि पढेर सुनाउने सम्भावित कार्यसूचि रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ बुधबार मात्र प्रमाणिकरण गरेकी हुन् ।
संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक राष्ट्रपति भण्डारीले बुधबार प्रमाणीकरण गरेकी हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
