भोलि मन्त्रिपरिषद् विस्तार हुँदै ! माधवको समाजवादीले छान्यो मन्त्री ? (सूचिसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् ।

सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ। मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए।

Advertisement

अहिले साँझसम्म उनले ६ जनाकै नाम टुँगो लगाएका हुन् । नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन्।

खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ । प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै फिर्ता लिने तयारीसमेत गरेको छ । त्यसको लागि अहिले मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ।

More News last news
Loading...