सहदेव कोइराला र सुरेन गौतमको ‘सुन्दर सपना’ सार्वजनिक

काठमाडौँ । सहदेव कोइराला र सुरेन गौतमको ‘सुन्दर सपना’ बोलको गीत बजारमा आएको छ। गीत (शुक्रबार) बिन्ध्यवासिनी म्युजिक प्रा. लि. को अफिसियल युट्युव च्यानल मार्फत बजारमा आएको हो।

विन्ध्यवासिनी म्युजिकले प्रस्तुत गरेको ‘सुन्दर सपना’ गीत गीतकार सहदेव कोइरालाले लेखेका हुने। गीतमा सुरेन गौतमले सुमधुर आवाज र संगीत भरेका छन्।

Advertisement

गीतमा “शुन्दर सपनाहरु संगालेर, सम्बन्धको माला गाँसियो, त्यही माला मायाको नासो होईन गलाको पासो पो बन्दियो । साथ छोड्न जिन्दगीमा पवित्र नाता जोडेको होइन” जस्ता शब्दहरु समेटेर गीत तयार पारिएको छ।

म्युजिक भिडियोमा पछिल्लो समय वैवाहिक सम्बन्धमा आएको नकारात्मक सम्बन्ध र त्यसबाट निस्कने परिणामलाई उतारिएको छ।

गीतको भिडियोमा संजय गौतमको निर्देशन, पीटर गुरुङको छायांकन, विष्णुहरि तिमिल्सिनाको सम्पादन तथा सहदेव कोइराला, सुहव तिमिल्सिना, डिम्पल खरेल र संजय गौतमको अभिनय रहेको छ।

यस्तो छ गीतको म्युजिक भिडियो

More News last news
Loading...