काठमाडौँ । चाडपर्व नजिकिएसँगै चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले नागरिकलाई सचेत हुन सतर्क गराएको छ।
सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो।
महानगरीय प्रहरी परिसर, काठमाडौँले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ।
पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ।
यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ।
९ स्थानमा यात्रु सहायता कक्ष
त्यस्तै प्रहरीले राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि काठमाडौँका ९ स्थानमा सहायता कक्ष राखिएको छ। काठमाडौँ प्रहरीका अनुसार सुन्धारा, गौशाला, चाबहिल, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा ती हेल्प डेस्क राखिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि ३५ स्थानमा भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्राफिक एफएममार्फत पनि जनसचेतनामूकल कार्यक्रम प्रशारण भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
