होटलमा ल्याएबाट पाउने रहेछन् ५० हजार रुपैयाँ, एउटै कोठाबाट ४ जना पक्राउ

काठमाडौँ । वीरेन्द्रनगर–८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट एकै पटक ४ जना पक्राउ परेका छन्।

रेडपाण्डाको छालासहित उनीहरु चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Advertisement

रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका–१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए।

‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाईछिपाई राखेको कालो रंगको हाते झोलाभित्र रातो खैरो रंगको रेडपाण्डाको छाला एक थान, मोबाइल पाँच थान फेला परेको हो।

उनले भने, प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरकै एक स्थानबाट त्यहाँ ल्याएको र छालालाई होटलमा ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको बताएका छन्।

More News last news
Loading...