योगेश भट्टराईले फिर्ता पाए एमाले पार्टी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले)ले पार्टी प्रवक्ताको जिम्मेवारी पुनः सचिव योगेश भट्टराईलाई दिएको छ ।

एमाले एक हुँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेपछि खोसिएको जिम्मेवारी पार्टी विभाजन भएपछि भट्टराईलाइ फिर्ता दिइएको हो।

Advertisement

अध्यक्ष ओलीले भट्टराईबाट खोसिएको प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीलाई दिएका थिए ।

एमालेमा प्रचार विभाग प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ। प्रचार विभाग प्रमुख मुल पार्टीमै रहने निर्णयमा पुगिसक्दा पनि ओलीले प्रवक्ताको जिम्मेवारी फिर्ता नगरेको भन्दै आलोचना भएको थियो।

एमाले दुई टुक्रा हुँदा तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका अधिकांश स्थायी कमिटी सदस्यहरुले १० बुँदे सहमति कार्यानयन गराउने भन्दै अन्तिम समय नेकपा एमालेमै रहने निर्णय गरेका थिए ।

More News last news
Loading...