काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्मका लागि थप गरेको छ।
आज राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो।
राप्रपाका अनुसार आजसम्म ३७ जिल्लामा अधिवेशन सकिएको छ भने अन्य जिल्लाहरुमा अधिवेशन हुन बाँकी छ । यस्तै, बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद पनि २०७८ असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ।
पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेको व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने निर्णय पनि गरिएको छ।
साथै सम्बन्धित प्रदेश सभा अन्तर्गतका सबै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन्। राप्रपाको केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि सुरु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
