नेपालमा थप १६७७ जनामा कोरोना पुष्टि, २१ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ४२३ जना र ३ हजार ९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १ हजार ६७७ जनाा संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ। जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ भने ७ लाख ३१ हजारजना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ३६४, मोरङमा १६१, सुनसरीमा १४९, झापामा १२४, कास्कीमा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ८९, भक्तपुरमा ६६, चितवन र नुवाकोटमा ३८/३८ जना, रुपन्देहीमा ३४, सुर्खेतमा ३१ जनमा कोरोना संक्रमण देखिएको छ ।

बर्दिया र कैलालीमा १४/१४ जना, नवलपरासी पुर्व र दाङमा १३/१३ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...