मन्त्रिपरिषद्बाट राष्ट्रिय जनगणना २०७८ को संसोधित कार्यतालिका स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणना २०७८ को संसोधित कार्यतालिका स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारले स्वीकृत नयाँ कार्यतालिका राजपत्रमा प्रकाशित गरी लागू गर्नेछ।

Advertisement

मन्त्रिपरिषद्को सोमबारको बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरुप ५० मिलियन अमेरिकी डलर र नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि ५० मिलियन अमेरिकी डलर अतिरिक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बैठकले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार दिने निर्णय पनि गरेको छ। यसैगरी निजामती दिवसका अवसरमा ४० जना निजामतीलाई पुरस्कार दिने पनि निर्णय गरेको कार्कीले जानकारी दिए।

जलवायु परिवर्तन सम्बन्धी अनुकुल कार्य गठबन्धन तथा सो निर्देशक समितीमा नेपाल सदस्यका रुपमा सहभागी हुन मन्त्रिपरिषद बैठकले स्वीकृति दिने निर्णय गरेको छ।

More News last news
Loading...