काठमाडौँ । गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौँका विभिन्न खोलाहरुमा ठुलो बाढी आएको छ।
राति देखि आएको अविरल वर्षाका कारण धोबीखोला, बिष्णुमती, बागमती, कालिमाटी, टुकुचा लगाएतका खोलामा बाढी आएको हो।
सबैभन्दा धेरै धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ। वर्षाका कारण पानी जाने निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । करिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी समेत पसेको छ।
निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको छ। खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।
केही दिनदेखि लगातार परेको वर्ष एक दुई दिन रोकिएको भए पनि आइताबार रातिदेखि भारी वर्षा हुँदा काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा अहिले बाढी र डुबानमा परेका छन् । आजदेखि पुनः केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
