काठमाडौँ । नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ।
दशरथ रंगशालामा आइतवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको हो।
भारतका लागि फारुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरैका हुन्। ६२औं मिनेटमा भारतका तर्फबाट फारुक चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए।
त्यस्तै ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले एक गोल थपेर जित नजिक पुर्याए। तर त्यसको पाँच मिनेटपछि नेपालका लागि ८५ औं मिनेटमा तेज तामाङले सान्त्वना गोल गरे।
यसअघि विहीवार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
