दाङमा खोलाले जीप बगाउँदा ४ जनाको निधन, पोखरामा पहिरोमा परी ३ को ज्यान गयो

काठमाडौँ । पछिल्लो समय पोखरा र दाङमा गरि बाढी पहिरोमा परी ७ जनाको ज्यान गएको छ । दाङमा खोलाले कार बगाउँदा चार जनाको र पोखरामा पहिरोमा परी ३ जनाको ज्यान गएको हो ।

दाङको घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही १४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

गएराती १० बजेतिर प्रदेश(३(०१(०२४ नम्बरको कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही १५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

भलामका कृष्ण श्रेष्ठको एकतले घर पहिरोमा पुरिंदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षिया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । उनीहरुका तीन वर्षीय छोरा बेपत्ता छन्।

त्यसैगरी नमूना टोलका लक्ष्य नेपालीको घर पहिरोले पुरिँदा ४२ बर्षिय लक्ष्य नेपालीको मृत्यु भएको छ। उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन्। यस्तै पोखरा– ११ बसेरीका एकदेब तिमिल्सिनाको घर पुरिँदा तीन जना घाइते भएका छन्।

More News last news
Loading...