काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृतहरूलाई खटाएको छ। भदौ १८ गते हुन लागेको वडा तहको अधिवेशनका लागि कांग्रेसले सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
यस्तै, काँग्रेसले भदौ १८ गते अधिवेशन गर्न नसकेका वडाहरूमा अर्को मिति तोक्ने अधिकार सम्बन्धित जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई दिएको छ।
केन्द्रीय निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिकाले भदौ १८ गते कारणवश अधिवेशन हुन नसकेका वडाहरूमा केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरी सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले नै अर्को मिति तोक्ने र अधिवेशन गराउन सक्ने अधिकार दिएको हो।
काँग्रेसको नयाँ कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा, क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने छ ।
यसैगरी असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
