एकीकृत समाजवादीले मन्त्री बन्न तीन मापदण्ड तोक्यो, के के छन् मापदण्ड ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जान र मन्त्री बन्न मापदण्ड तय गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदमा सहभागी हुन तीन मापदण्ड तय गरिएको नेता बेदुराम भुसालले जानकारी दिए ।

मापदण्ड अनुसार पार्टीका तर्फबाट मन्त्री चयन गर्दा भूगोल, समावेशीता र नयाँ पुराना पुस्ताबीचको सन्तुलन कायम गरिनेछ।

Advertisement

मन्त्रिपरिषद् विस्तारबारे सोमवार सत्तारुढ गठबन्धनका नेताहरुबीच बालुवटारमा छलफल भएको थियो। तर मन्त्रीको संख्या र मन्त्रालयबारे सहमति नजुट्दा छलफल निष्कर्षविहीन बनेको थियो।

यसबारेमा मंगलवार पनि गठबन्धनका दलहरुबीच छलफल हुने बताइएको छ। बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने नेताहरुले बताएका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको लामो समयसम्म विस्तार हुन नसकेको मन्त्रिपरिषद् विस्तार बुधबार समम्म हुने भएको छ । त्यसका लागि सत्तारुढ दलहरु सरकारमा पठाउने मन्त्री र पाउने मन्त्रालय बारे छलफलमा जुटिरहेका छन् ।

More News last news
Loading...