काठमाडौँ ।लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ। आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो।
नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए।
मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए।
खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए।
जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
