काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन्।
उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए। तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका छन्।
राजीनामा पत्रमा उनले महामारीका बेला परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेको प्याकुरेलले बताए । क्रिकेट संघले ह्वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
