काठमाडौँ । आज (बिहीबार) नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक आज केपी ओली नेतृत्वको (एमाले)को केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको थियो ।
बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, संगठनात्मक व्यवस्थापन, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
हिजो (बुधबार) मात्रै निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)लाई आधिकारिकता दिएको थियो।
माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३३ सांसदले सघाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
