व्यक्तिहरूको अनुमति बिना भिडियो खिचेर हैरानी दिने युट्युबरसहित तीन पक्राउ

झापा । झापामा चरित्र हत्या हुनेगरी भिडियो खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ।

होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी भिडियो खिचेको आरोपमा प्रहरीले तीन जनालाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

Advertisement

गत मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा युट्युबर खगेन्द्र घिमिरेलगायत केही व्यक्तिहरू त्यहाँ पुगेका थिए।

उनीहरू एक्कासी होटलभित्र अनाधिकृत रूपमा प्रवेश गरी, गालीगलौज गरी बिना अनुमति भिडियो बनाएका थिए। त्यसरी भिडिओ खिचेर खगेन्द्रले युट्युबमा हालेका थिए।

शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले युट्युबर घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको हो।

यसमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

More News last news
Loading...