काठमाडौँ उपत्यकामा लगातार ३ दिन सार्बजनिक बिदा !

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ। यही भदौ ५, ६ र ७ गते लगातार तीन दिन बिदा हुने भएको हो।

भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक दिएको छ। त्यस्तै भदौ ७ गते काठमाडौँ उपत्यकामा मात्र सार्वजनिक बिदा हुनेछ।

Advertisement

भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो। उक्त दिन उपत्यकामा मात्र बिदा हुनेछ। लगातार तीन दिन बिदा हुने भएपछि सरकारी कर्मचारीहरूले परिवारसँग समय बिताउन पाउने भएका छन् ।

२०७८ सालमा कति बिदा ?

गृहमन्त्रालयले २०७८ सालमा हुने सार्वजनिक बिदाको सम्बन्धमा राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ। प्रकाशित सूचनाका अनुसार यस वर्ष ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न पर्व बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा परेका छन्।

सरकार यस वर्ष घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म दशैँ बिदा हुनेछ।

More News last news
Loading...