माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार (आज) देखि शुरु हुँदै छ। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालय कोटेश्वरमा बस्न लागेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्नुहुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Advertisement

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष प्रचण्डले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका हुन्।

More News last news
Loading...