झगडा हुँदा पत्नीले फुकालिन चुरा र पोते, त्यसपछि पतिले लिए ज्यान

काठमाडौँ । काठमाडौँको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको ज्यान लिएका छन्। पत्नीको ज्यान लिएको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ।

बिहिबार ३९ वर्षका श्रेष्ठले २३ वर्षीया पत्नी रन्जु तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए।

Advertisement

रन्जुको पेटमा ६ महिनाको बच्चा थियो। एक साताअघि झगडा हुँदा रन्जुले ‘अब मेरो श्रीमान मरे बराबर भयो’ भनेर चुरा र पोते फुकालेकी थिइन् । बिहिबार बिहान सो विषयमा फेरि झगडा हुँदा ‘घाँटी थिचेर ज्यान लिएको’ आरोपीले प्रहरीसँग बताएका छन्।

पत्नीको ज्यान लिएपछि रामले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर खबर गरेका थिए। प्रहरी डेरामा पुग्दा उनी चुकुल लगाएर कोठामा बसिरहेका थिए।

उनले गुहेश्वरीमा मोटरसाइकल किनबेच गर्ने रिकण्डिशन संचालन गरेका छन्। रन्जुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।

More News last news
Loading...