लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

Advertisement

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि दिएको समयमा केसीको मात्रै दाबी प्रस्तुत भएको थियो।

केसीलाई माओवादी केन्द्रसहित, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। उनको पक्षमा प्रदेश सभाका ८० मध्ये ४२ जनाले समर्थन जनाएका छन्।

उनी एक्लो दाबेदार भएपछि अपराह्न साढे ४ बजे शपथ कार्यक्रम राखिएको थियो । आजै मुख्यमन्त्रीसहित पाँच जना मन्त्रीले शपथ लिइएका छन् ।

More News last news
Loading...