काठमाडौँ । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् ।
६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष २५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो।
मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि २५ मिलियन युरो नै पाउने बताइएको छ।
यसअघि मेस्सी बार्सिलोनामै रहने चर्चा चले पनि क्लबसँग सम्झौता बढाउन मेस्सी असफल भएका थिए।
मेस्सीले यस समरमा एक नयाँ पाँच वर्षको सम्झौताका लागि हस्ताक्षर गर्दै बार्सिलोनामा आफ्नो २१ वर्षे करिअर लम्ब्याउने तयारी गरेका थिए।
तर क्लबले यही बुधवार आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै सम्झौता गर्न नसकिने बताएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
