काठमाडौँ । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको ज्यान गएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए।
सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो। तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो।
मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरिएको डिएसपी लामाले बताए।
ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो। सोही क्रममा उनको राति १० बजेर ५७ मिनेटमा ज्यान गएको डिएसपी राजु लामाले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
