काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो।
कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरेको हो।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। आफ्नो सिम्बोल नम्बर १६०० मा एसएमएस गरेर गरी नतिजा प्राप्त गर्न सकिने जनाएको छ।
नतिजा प्रकाशनका लागि मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए। सोही प्राप्ताङ्कको आधारमा एसईईको नतिजा प्रकाशन गरेको हो ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा थिए। विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
नजिता www.see.gov.np / www.neb.gov.np मा गएर हेर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
