काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको राष्ट्रिय टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउँदो भदौमा नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच दुई मैत्रीपूर्ण खेल हुने जनाएको हो।
खेल दशरथ रङ्गशालामा भदौ १७ र २० गते हुनेछ । १३ औं संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा चार खेल बराबरीमा सकिएको छ।
नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ को साफमा हराएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको थियो।
साफ च्याम्पियनशिप आउँदो अक्टोबरमा हुनेछ। साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेका छन्। टुङ्गो भने लागिसकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
