काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै, कसले कुन केन्द्रमा लगाउने ? (सूचिसहित)

काठमाडौं । काठमाडौँमा (आज) शुक्रबारदेखि फेरि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भएको छ । आइतबारसम्म सञ्चालन हुने खोप कार्यक्रममा भेरोसेल खोपको दोस्रो डोजको खोप लगाउन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसपटक ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक सवारी साधनका चालक तथा सह–चालक, शिक्षक तथा प्रधानाध्यापकलाई खोपको दोस्रो डोज लगाउन थालिएको हो । खोप कार्यक्रम काठमाडौँ महानगरपालिका र अन्य १० वटा नगरपालिकामा सञ्चालन शुरु भएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक सवारी साधनका चालक तथा सह–चालक, शिक्षक तथा प्रधानाध्यापकलाई दोस्रो डोज लगाउन थालिएको छ ।

त्यस्तै, अत्यावश्यक व्यक्तिहरुको हकमा सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, नयाँ बानेश्वरस्थित निजामती अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, थापाथलीस्थित प्रसुती गृह, सशस्त्र प्रहरी अस्पताल, बलम्बु र नेपाल मेडिकल कलेजलगायतका खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालित छन् ।

दोस्रो मात्राको खोप कार्यक्रममा सम्पूर्ण खोप केन्द्रमा विद्युतीय दर्ता अनिवार्य गरिएको छ। खोप लगाउन जाँदा पहिलो मात्रा लगाइएको खोप कार्ड र विद्युतीय दर्ता नम्बर अनिवार्य रुपमा लिएर जानुपर्छ ।

तर, विद्युतीय दर्ता नम्बर नल्याउनेले पनि फरक लाइनमा बसेर खोप लगाउन सकिने व्यवस्था छ । विभिन्न परियोजनाका लागि विदेश जानेहरुले मन्त्रालयमा नाम र विवरण दर्ता गरेर आएपछि जिल्ला प्रशासनले तोकेको खोप केन्द्रमा भेरोसेल खोपको दोस्रो मात्र लगाउन पाइन्छ ।

More News last news
Loading...