आज देशभर थपिए ४ हजार बढी संक्रमित, ३५ को गयो ज्यान

काठमाडौँ । आज देशभर कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार (हिजो)को भन्दा बढी हो। मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन्।

More News last news
Loading...