काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ।
बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा विधान महाधिवेशन तयारी, सदस्यता नवीकरण र केन्द्रीय विभागहरूको पूर्णताबारे छलफल हुने उनले बताए।
माधव नेपाल पक्षधरलाई सहमतिमा ल्याएर मात्रै बैठक बस्न खोजिए पनि सो समूह सहमतिमा नआएपछि बैठक डाकिएको तामाङले जानकारी दिए।
यता नेपाल खनाल पक्षले भने तत्काल सरकारमा नजाने निर्णय गर्दै पार्टी एकताका लागि बाटो कुरेको संकेत गरिसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
