काठमाडौँ । प्रतिनिधिसभाकी सदस्य डा. डिला संग्रौलाले कोरोनाका कारण आर्थिक रुपले कमजोर भएका वर्गलाई राहत घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. संग्रौलाले सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न पनि माग गरेकी हुन् ।
उनले भनेकी छन्, ‘शेर बहादुर देउबाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा पनि बढेको छ । कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन् । लाखौं बालबालिकाले पढ्न पाएका छैनन्,’ उनले थपिन् ‘सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु।’
महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन माग
साथै सांसद संग्रौलाले कोभिडका कारण घरेलु हिम्सा, महिला विरुद्ध हिंसाका घटनाहरु बढेको बताएकी छन् । उनले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन आग्रह गरेकी हुन्।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
